काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको छ ।
विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहज रूपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ ।
विशेष घर कर्जा योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५–१० वर्षसम्मका लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने जनाइएको छ ।
बैंकले ग्राहकलाई छिटोछरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजात पेश गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ ।
ग्राहकले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५५ वटा शाखाबाट सुविधा उपभोग गर्न सक्नेछन् । सीमित अवधिका लागि ल्याइएको योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षलाई बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया