घुस लिएर भाग्दा भाग्दै पक्राउ परे बाबियाचौरका इन्सपेक्टर र सिपाही

घुस लिएर भाग्दा भाग्दै पक्राउ परे बाबियाचौरका इन्सपेक्टर र सिपाही


काठमाडाैं – सुर्खेतको पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने घुससहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बावियाचौरमा कार्यरत प्रहरी निरीक्षक श्रेष्ठ र जवान लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।

पञ्चपुरीको सालकोटस्थित अस्थायी प्रहरी पोष्टबाट १५ हजार घुस रकम मागेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको आयोगको सुर्खेत कार्यालयका निमित्त प्रमुख जंगबहादुर डाँगीले जानकारी दिए । निमित्त प्रमुख डाँगीका अनुसार सुनचाँदी पसल चोरी भएको र पक्राउ गर्न आफुहरुले सहजीकरण गरेको भन्दै घुस रकम मागेका थिए ।

आईजीपी सर्वेन्द्र खनालले भ्रष्टचारी र घुसखोरी प्रहरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । उनले भष्ट्रचार आफूलाई सह्य नहुने चेतावनी दिएका थिए । उनको चेतावनीका बावजुद प्रहरीमा घुसखोरी सेलाउन सकेको छैन् ।