निरन्तर घाटामा रहेको नेशनल ट्रेडिङ लिमिटेड खारेज

निरन्तर घाटामा रहेको नेशनल ट्रेडिङ लिमिटेड खारेज


काठमाडौं– सरकारले अन्ततः नेशनल ट्रेडिङ लिमिटेड खारेज गरिदिएको छ।

 

सोमबारको मन्त्रिपरिषद बैठकले नेशनल ट्रेडिङ लिमिटेड आत्मनिर्भर हुन नसकेको भन्दै खारेजको निर्णय गरेको हो।

 

ट्रेडिङले खाद्य सामाग्रीको बिक्री वितरणवितरण गर्दै आएको थियो।

 

 

सरकारले प्रदेशदेखि स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको वरियता निर्धारण गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

 

बैठकले अनलाइन सञ्चालन निर्देशिका दोस्रो पटक संशोधन गर्ने र राष्ट्रिय यातायात व्यवसायी महासंघको विधान पाँचौं पटक संशोधन गर्ने निर्णय गरेको छ।

 

 

बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त रानी जमरा गुलरिया सिंचाई आयोजना, निलगिरी खोला जलविद्युत् आयोजना, शिवम् सिमेन्ट उद्योग र घारखोला जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

 

 

बैठकले सरकारले २०५८ देखि ६० सालसम्म कब्जामा लिएर हत्या गरिएका स्याङजाका ६ जनालाई शहीद घोषणा गरेको छ।