राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउँछौं : गगन थापा

राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउँछौं : गगन थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने टिप्पणी गरेका छन् ।

आज शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेससँग रहेको बताए ।

कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रहिरहन नसक्ने उनले बताए । कांग्रेस नभए देश गृहयुद्धमा फस्ने उनले बताए । उनले बालकुमारीमा बिहीबार भएको घटनामा दुःख व्यक्त गरेका छन् ।

उनले पार्टी सभापतिको गोजीबाट राष्ट्रियसभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । खल्तीबाट छान्ने प्रवृत्ति अन्त्य गर्ने प्रस्ताव महासमिति बैठकमा राख्ने र प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् ।