सम्पूर्ण श्रमजीवीका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्छौं : प्रधानमन्त्री प्रचण्ड

सम्पूर्ण श्रमजीवीका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्छौं : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण श्रमजीवीका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताएका छन् ।

आज शनिबार दिउँसो काठमाण्डुमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्यायलाई आफूले उच्च महत्त्व दिएको भन्दै सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने बताए ।

कार्यक्रममा उनले भने, ‘मेरो नेतृत्वको वर्तमान सरकार सबैभन्दा बढी श्रमिकमैत्री छ । सरकारको १ वर्षको अवधिमा मैले सबैभन्दा बढी महत्त्व समेत यस क्षेत्रलाई नै दिएको छु । तसर्थ आगामी दिनमा समेत देश निर्माणका आधारभूत र निर्णायक शक्तिका रूपमा रहेका श्रमजीवी वर्ग र उनीहरूका प्रतिनिधि संस्था ट्रेड युनियनहरूले उठाउनुभएका विषयलाई अधिकतम सम्बोधन गर्न म सम्पूर्ण रूपले क्रियाशील रहनेछु ।’