संक्रमणकालीन न्यायको काम टुंग्याउन राष्ट्रिय सहमति चाहेका छौं : प्रधानमन्त्री प्रचण्ड

संक्रमणकालीन न्यायको काम टुंग्याउन राष्ट्रिय सहमति चाहेका छौं : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायको काम टुंग्याउन राष्ट्रिय सहमति चाहेको बताएका छन् ।

रामेछापमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कतिपय विषयमा राष्ट्रिय सहमतिको जरुरी पर्ने बताए ।

संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको बताए ।

उनले भने, ‘यो सत्ता गठबन्धन सानो दुःखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं तर कतिपय विषयमा राष्ट्रिय सहमति जरुरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ,’ उनले भने, ‘अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंग्याउन राष्ट्रिय सहमति चाहेका छौं ।’

सत्तारुढ गठबन्धनको राष्ट्रियसभा सदस्य निर्वाचनको मुखमा नेकपा एमालेसँग सहमतिको प्रयास गरिरहेको छ ।