अदालतको अवहेलना मुद्दामा सर्वाेच्चबाट प्रधानमन्त्री प्रचण्डलाई सफाइ

अदालतको अवहेलना मुद्दामा सर्वाेच्चबाट प्रधानमन्त्री प्रचण्डलाई सफाइ


काठमाण्डु – सर्वाेच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सफाइ दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध २०७३ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरेकोमा शुक्रबार फैसला सुनाउँदै अदालतले ‘मागदाबी नपुग्ने’ ठहर गरेको छ ।

रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको छ ।

तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाण्डुमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले अदालत शान्ति सम्झौताविपरीत जान लागेको अभिव्यक्ति दिएका थिए ।