शेयर बजारमा हरियाली, नेप्से परिसूचक ३६.५७ अंकले बढ्यो

शेयर बजारमा हरियाली, नेप्से परिसूचक ३६.५७ अंकले बढ्यो


काठमाण्डु – शेयर बजारमा आज सोमबार हरियाली छाएको छ ।

अघिल्लो कारोबार दिन आईतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज सोमबार दोहोरो अंकले बढेको छ ।

आईतबार २६ अंकले घटेको नेप्से सोमबार ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा कायम भएको छ । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ताको किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सिंगटी हाइड्रो पावर, मोदी इनर्जी, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउस कम्पनी, हिमालयन रिइन्स्योरेन्स र तेह्रथुम पावरको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।

सोमबार नारायणी डेभलपमेन्ट बैंकको शेयर ५.४६ प्रतिशतले घटेको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ । सोमबार म्युचुल फण्डको मूल्य ०.०१ प्रतिशतले घटेको छ । २१२ कम्पनीको मूल्य बढ्दा २९ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।