सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

सहकारी पीडितको समस्या सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आज सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाट भएका छन् । उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस् ।’

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी निर्णय गरेर जानुपर्ने बताए ।

बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सहकारीको समस्या सम्बोधन गर्न सहकारीको नियमन गर्न निक्षेप कोषको कानूनी प्रबन्धलाई व्यावहारिक रूप दिन आवश्यक रहेको बताए ।