बलात्कार प्रकरणमा दरमार्गकै डीएसपी भारति र इन्सपेक्टर ठकुरी मुछिंए

बलात्कार प्रकरणमा दरमार्गकै डीएसपी भारति र इन्सपेक्टर ठकुरी मुछिंए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–  प्रहरीले बलात्कारको घटनामा आफ्ना दूई अधिकृतले संरक्षण गरेको भन्दै कार्वाही प्रक्रिया अघि बढाएको छ । आफुलाई तीन जना युवकले होटलमा बोलाएर बलात्कार गरेको भन्दै उजुरी दिन गएकी महिलालाई आर्थीक लेनदेनमा मुद्दा मिलाएको भन्दै प्रहरीका एक डिएसपी र इन्सपेक्टर कार्वाहीमा परेका छन् ।

 

 

 

 

कार्वाहीमा पर्नेमा महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी रहेका छन् । उनिहरुमाथी पीडित युवतीको उजुरी नलिएको आरोप लागेको छ ।

 

 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा फेसबुकमा चिनजान भएकै भरमा ती युवती गत बिहीबार काठमाडौंको होटेल ल्याण्डमार्कमा आएकी थिईन । होटलमा बोलाउने युवकले अन्य तीन जनालाई समेत त्यहा बोलाएका थिए ।

 

 

 

युवतीले तीनै जना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छन् ।  बलात्कार गरेको भन्दै युवती दरमार्ग वृत गएपछि वृत प्रमुख भारती र इन्सपेक्टर ठकुरीले उजुरी दर्ता नगरी घटना मिलाएका थिए । बलत्कारमा संलग्नहरु पहुंचवाला भएको स्रोतको दाबी छ ।

 

युवतीलाई २० लाख क्षतीपूर्ती दिने सहमती प्रहरीकै संलग्नतामा भएको बताइएको छ । प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा तीन सदस्य समिति बनाएर घटनाको छानविन सुरु गरेको छ । घटनामा संलग्न भएको आरोपमा इन्सपेक्टर ठुकरीलाई प्रहरीले नियन्त्रणमा लिएर १ नम्बर गणमा राखेको छ भने भारतिको पनि बयान सुरु भइसकेको छ ।