प्रधानमन्त्री प्रचण्ड माघ पहिलो हप्ता युगाण्डा जाने

प्रधानमन्त्री प्रचण्ड माघ पहिलो हप्ता युगाण्डा जाने


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ पहिलो हप्ता युगाण्डा जाने भएका छन् ।

असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा जाने भएका हुन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको युगाण्डा भ्रमणबारे जानकारी दिइन् ।

बैठकले माघ ५ देखि ६ गतेसम्म हुने सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरेको उनले बताइन् ।

माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद सहभागी हुनेछन् ।