मुख्यमन्त्री छान्न एमालेले कमिटी बनाउने

मुख्यमन्त्री छान्न एमालेले कमिटी बनाउने


काठमाडौं– एमालेले प्रदेशमा मुख्यमन्त्रीका उम्मेदवार छनोटका लागि कमिटी गठन गर्ने भएको छ।

 

वाम गठबन्धनले प्रदेश सरकार निर्माण गर्ने पक्का भएका ६ मध्ये ४ प्रदेशको सरकारको नेतृत्व गर्ने अवसर पाएको उसले मुख्यमन्त्री चयनका लागि छुट्टै कमिटी गठन गर्ने भएको हो।

प्रदेश–५ मा एमाले नेता शंकर पोखरेल संसदीय दलको नेता चयन भइसके पनि प्रदेश १, ३ र ४ मा टुुंगो लाग्न बाँकी छ। प्रदेश ५ र ६ मा माओवादी केन्द्रबाट मुख्यमन्त्रीको उम्मेदवार बनाउने दुबै दलबीच सहमति भइसकेको छ। मधेस केन्द्रित दलहरुको बहुमत रहेको प्रदेश २ बारे उनीहरुले निर्णय गरेका छैनन्।

 

 

एमालेले तीन वटा प्रदेशमा मात्र कमिटी गठन गरेर प्रदेश सभाका संसदीय दलको नेता चयन गर्ने भएको हो।

 

 

२४ माघमा राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै एमाले प्रदेश सभा संसदीय दलको बैठक आयोजना गरिनेछन्। र, त्यही बैठकले प्रदेश सभामा संसदीय दलको नेता चयन गर्ने निर्णय एमाले स्थायी समितिले गरेको छ।

 

 

संसदीय दलको नेता चयन नभएका प्रदेशमा संसदीय दलको नेता चयनका लागि एमालेले तीन सदस्यीय कमिटी निर्माण गर्नेछ। प्रदेश सभा दलको बैठकले तीन सदस्यीय कमिटी निर्माण गर्ने निर्णयपनि एमाले स्थायी समितिले गरेको छ।