श्रीराम मन्दिर प्राण प्रतिष्ठामा कांग्रेस नेता राहुल गान्धी सहभागी नहुने

श्रीराम मन्दिर प्राण प्रतिष्ठामा कांग्रेस नेता राहुल गान्धी सहभागी नहुने


काठमाण्डु – भारतीय कांग्रेसका नेता राहुल गान्धी अयोध्यामा नवनिर्मित श्रीराम मन्दिर प्राण प्रतिष्ठामा सहभागी नहुने भएका छन् ।

भारत जोडो यात्राका क्रममा नागाल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी नहुने जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘२२ जनवरीका इभेन्ट राजनीतिक कार्यक्रम हो । हामी सबै धर्म मान्छौं । मलाई धर्मबाट फाइदा उठाउनु छैन । म यस्तो कुरामा इन्ट्रेस्ट राख्दैन । जो त्यो कार्यक्रममा जान चाहन्छन्, जान सक्छन् तर म कार्यक्रममा जाने छैन । हाम्रो पार्टीबाट पनि जान सक्छन् ।’

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले श्रीराम मन्दिरको कार्यक्रमलाई भव्य बनाउँदैछ । आफूले धर्मसँग निजी सम्बन्ध राख्ने नेता गान्धीले स्पष्ट पारेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।