नेप्से परिसूचक १० अंकले घट्यो

नेप्से परिसूचक १० अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक १० अंकले घटेको छ ।

आज बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार नेप्सेमा कारोबार रकम पनि घटेको छ । आज १ करोड १० लाख ४९ हजार ९४९ शेयर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका १३ मध्ये बैंकिङ र म्युच्युअल फन्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।