झिनो अंकले घट्यो शेयर बजार

झिनो अंकले घट्यो शेयर बजार


काठमाण्डु – शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साप्ताहिक कारोबारको अन्तिम दिन आज बिहीबार झिनो अंकले घटेर बन्द भएको छ ।

आज बिहीबार नेप्से ३.९४ अंकले घटेर २ हजार ८४ दशमलव ०९ विन्दुमा बन्द भएको छ ।

बिहीबार नेप्सेमा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार कारोबार भएका कम्पनीमध्ये ९१ वटाको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको मूल्य घटेको छ । बाँकी १५ कम्पनीको शेयर मूल्य स्थिर छ । यी कम्पनीमध्ये सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

सिटिजन म्युचुअल फण्ड–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य आज बिहीबार ५.०३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ ।