काठमाण्डु- आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानलाई हराउदौ ‘सुपर सिक्स’ मा पुगेको नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ ।
‘सुपर सिक्स’ चरणमा नेपालले बुधवार बंगलादेशसँग भिड्ने भएको हो । त्यस्तै ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार भारतसँग खेल्नेछ । समूहगत चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेको हो ।
सुपर सिक्समा समूहको अंक पनि जोडिने हुँदा नेपालले सेमिफाइनलमाको सम्भावना राख्न दुवै खेल जित्नुपर्नेछ । समूह ‘डी’ मा तीनवटै खेल जितेको पाकिस्तान ६ अङ्कसहित पहिलो, दुई खेल जितेको न्युजिल्यान्ड चार अङ्कसहित दोस्रो र एक खेल जितेको नेपाल दुई अङ्कसहित तेस्रो भएका थिए ।
‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, नेपाल र आयरल्यान्ड रहेका छन् । जारी विश्वकपमा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट माथिल्लो तीन स्थानमा रहने टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्ने प्रावधान छ ।
प्रतिक्रिया