दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से


काठमाण्डु – हप्ताको दोस्रो कारोबार दिन आज सोमबार शेयर कारोबार मापक नेप्से पसिसूचक दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ को विन्दुमा पुगेको छ ।

सोमबार ३११ धितोपत्रका १ करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँमा किनबेच भएको छ ।

कारोबार भएका १३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । ३ उपसमूहको समूहगत सूचक घटेको छ ।

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । गरिमा डिभेन्चर २०८५ को शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।