भारतीय विदेशमन्त्रीले भने- चीनसँग डराउनु हुँदैन

भारतीय विदेशमन्त्रीले भने- चीनसँग डराउनु हुँदैन


एजेन्सी- भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले भारतका छिमेकीहरूलाई प्रभाव पार्नेछ तर भारतले यस्तो “प्रतिस्पर्धी राजनीति” बाट डराउन नहुने बताएका छन् ।

विदेशमन्त्री जयशंकरले आईआईएम मुम्बईका विद्यार्थीहरूसँग चीन-माल्दिभ्ससँगको भारतको सम्बन्ध र लाल सागरमा हमास-इजरायल युद्धबाट उत्पन्न परिस्थितिको बारेमा कुरा गर्दै साे कुरा बताएका हुन्।

माल्दिभ्सबारे सोधिएको प्रश्नमा उनले भने, ‘हरेक छिमेकीबीच समस्या हुन्छ तर अन्ततः छिमेकीलाई छिमेकी चाहिन्छ ।’ उनले यस क्षेत्रमा चीनको प्रभावलाई लिएर प्रतिद्वन्द्वी बढेको तर यसलाई भारतीय कूटनीतिको असफलता भन्नु गलत भएको बताए ।

उनले भने, “हामीले बुझ्नुपर्छ कि चीन पनि छिमेकी राष्ट्र हो र त्यसले प्रतिस्पर्धात्मक राजनीतिको रूपमा यी देशहरूलाई धेरै तरिकाले प्रभाव पार्नेछ। मलाई लाग्दैन कि हामी चीनसँग डराउनुपर्छ। मलाई लाग्छ हामीले भन्नु पर्छ – ठीक छ, विश्वव्यापी राजनीति एक प्रतिस्पर्धात्मक खेल हो। तपाईले सक्दो प्रयास गर्नुहोस्, हामी सक्दो प्रयास गर्नेछौं।”

जयशंकरले आजको समयमा प्रतिस्पर्धाबाट डराउनु नहुने पनि बताए । हामीले यसलाई स्वागत गर्नुपर्छ र भन्नुपर्छ कि हामीसँग प्रतिस्पर्धा गर्ने क्षमता छ।