नेप्सेमा पहिरो ! शेयर बजार २१.६७ अंकले घट्यो

नेप्सेमा पहिरो ! शेयर बजार २१.६७ अंकले घट्यो


काठमाण्डु – शेयर बजार मापक नेप्से परिसूचकमा आज बुधबार पहिरो गएको छ ।

नेप्से बुधबार २१.६७ अंकले घटेको छ । बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ ।

शेयर बजारमा ३१३ धितोपत्र १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।

बुधबार १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार साम्लिङ पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रो पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको जनाइएको छ ।