काठमाण्डु – दक्षिण अफ्रिकामा जारी आईसीसी विश्वकप क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले १६९ रन बनाएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ ओभर ५ बलमा १० विकेट गुमाउँदै १६९ रन बनाएको छ ।
नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी २ रनको कमीले अर्धशतक बनाउन चुके । १०० बल खेल्दै उनले ४ चौकाको मद्दतमा ४८ रन बनाए ।
नेपालका कप्तान देव खनालले ६० बल खेल्दै ३५ रन जोडे । सुवास भण्डारीले नट आउट १८ रन जोडे भने अर्जुन कुमाल २६ बल खेल्दै १४ रन बनाएर आउट भए । अन्य ब्याट्स् म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बंगलादेशका रोहन दौलाह बोरसनले ४ विकेट लिए भने सेख पैभेज जीबोनले ३ विकेट हात पारे । बंगलादेशले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
नेपालले सुपर सिक्सको दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ । विश्वकपको समूह ‘डी’बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार्यो ।
अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो ।
प्रतिक्रिया