बाबुराम भट्टराईले ८९ वर्षीय पिताको हातबाट टीका लगाए

बाबुराम भट्टराईले ८९ वर्षीय पिताको हातबाट टीका लगाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले ८९ बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका भट्टराईले शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् ।

टीका लगाएलगत्तै सामाजिक सञ्जालमा तस्बीरसहित स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘८९ बर्षीय पिता भोजप्रसाद भट्टराईबाट बडादशैंको टीका र आशिर्वाद ग्रहण गर्दा र सबै परिवारजनसंग भेटघाट गर्न पाउँदा खुशी र गर्वको अनुभूति ।’

उनले आफन्तजनसँग भेटघाट गर्ने र सुखदुस्ख साँट्ने दसैं पर्वले सबैमा सुखशान्ति र समृद्धि ल्याओस् भन्ने कामना समेत गरेका छन् । जनयुद्धको बेला दसैंको टीका नलगाउने भट्टराईले शान्ति प्रक्रियामा आएपछि टीका लगाउन थालेका हुन् ।