नेप्से परिसूचक ५.३१ अंकले घट्यो

नेप्से परिसूचक ५.३१ अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक ५.३१ अंकले घटेको छ ।

आईतबार बजार ५.३१ अंकले घटेर २०६१ विन्दुमा कायम भएको छ ।

आईतबार नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख २७ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा ९ वटा उपसूचक राताम्मै भएको छ ।

शेयर बजारमा गिरावट आउँदा महिला लघुवित्तको शेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयर मूल्य ५.३७ प्रतिशतले घटेको छ । रावा इनर्जीको ५.१७ प्रतिशत, नेपाल वेयर हाउजिङको ३.७८ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ३.५० प्रतिशतले शेयर मूल्य घटेको छ ।