नेप्से परिसूचक ४.९२ अंकले बढ्यो

नेप्से परिसूचक ४.९२ अंकले बढ्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज बुधबार ४.९२ अंकले बढेको छ ।

बुधबार नेप्से ०.२३ प्रतिशतले बढेर २०९०.६४ बिन्दुमा पुगेको छ ।

आज बजारमा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २३७ रूपैयाँको शेयर कारोबार भएको छ । मंगलबार २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँको शेयर कारोबार भएको थियो ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम २५ करोड रुपैयाँ बढी छ । बुधबार ३१३ वटा धितोपत्रको ७७ लाख ३२ हजार २३४ कित्ता शेयर किनबेच भएको छ ।

आज बुधबार १६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।

बुधबार ४ लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर र इष्टर्न हाइड्रो पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ६९६ रूपैयाँ १० पैसामा २४ करोड ८२ लाख बराबरको शेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ ।