काठमाडौंमा १ हजार दरका २९ वटा नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौंमा १ हजार दरका २९ वटा नक्कली नोटसहित दुई जना पक्राउ


काठमाडौं – दशैंको समयमा काठमाडौं प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । परिसरका अनुसार नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जांच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो । घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।