भाजपासँग मिलेका बिहारका मुख्यमन्त्री नीतीश कुमारले पाए विश्वासको मत

भाजपासँग मिलेका बिहारका मुख्यमन्त्री नीतीश कुमारले पाए विश्वासको मत


काठमाण्डु – हालै भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर पुनः मुख्यमन्त्री बनेका नीतीश कुमारले विधान सभामा विश्वासको मत पाएका छन् ।

कूल २४३ सदस्यीय विधान सभामा मुख्यमन्त्री नीतीशको पक्षमा १२९ मत परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बहुमतका लागि १२२ मत आवश्यक थियो ।

मुख्यमन्त्री नीतीशको पक्षमा भाजपा, जेडीयू, हिन्दूस्तान अवाम मोर्चा र निर्दलीय सांसद सुमित सिंह देखिएका छन् ।

विपक्षमा आरजेडी, भारतीय कांग्रेस, सीपीआई (एम), सीपीआई के दल रहेका छन् । विपक्षी दलहरू विश्वासको मत लिने प्रक्रियामा सहभागी भएनन् । विपक्षी दल सम्मिलित महागठबन्धनका सांसदलाई पटनाको तेजस्वी निवासमा राखिएको थियो भने सत्तारुढ दलका सांसदलाई चाणक्य होटल र पाटलिपुत्र होटलमा राखिएको जनाइएको छ ।