काठमाण्डु – कतारमा मृत्युदण्डको सजाय सुनाइएका ८ जना भारतीय पूर्व नौसैनिक रिहा भएपछि भारतीय कूटनीति सफल भएको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारको प्रशंसा गरेको छ । भारतीयलाई मृत्युदण्डको सजाय सुनाइएपछि भारत र कतारबीचको कूटनीतिक सम्बन्धमा तनावको स्थिति उत्पन्न भएको थियो ।
‘दहरा ग्लोबल कम्पनीमा काम गरिरहेका र कतारमा थुनामा रहेका ८ भारतीय नागरिकको रिहाइलाई भारत सरकारले स्वागत गर्दछ,’ मन्त्रालयले भनेको छ, ‘८ मध्ये ७ जना भारत फर्किसकेका छन् । कतार सरकारले हाम्रा नागरिकलाई रिहा गर्ने र स्वदेश फर्किन दिने निर्णयको हामी स्वागत गर्दछौं ।’
कतारले अगस्त २०२२ मा भारतीयहरूलाई गिरफ्तार गरेको थियो । रिहा हुनेमा पूर्व कमाण्डर पूर्णेन्दु तिवारी, पूर्व क्याप्टेन नवतेज सिंह गिल, पूर्व कमाण्डर वीरेन्द्र कुमार वर्मा, पूर्व क्याप्टेन सौरभ वशिष्ठ, पूर्व कमाण्डर सुग्नाकर पकाला, पूर्व कमाण्डर अमित नागपाल, पूर्व कमाण्डर सञ्जीव गुप्ता र सेलर रागेश छन् ।
प्रतिक्रिया