मन्दिर उद्घाटन गर्न यूएई पुगे प्रधानमन्त्री मोदी

मन्दिर उद्घाटन गर्न यूएई पुगे प्रधानमन्त्री मोदी


काठमाण्डु – भारतको अयोध्यामा राम मन्दिर उद्घाटन गरेर चर्चामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मन्दिर उद्घाटन गर्न यूएई पुगेका छन् ।

प्रधानमन्त्री मोदीले १४ फेब्रुअरीमा अबूधाबीमा हिन्दू मन्दिर उद्घाटन गर्ने कार्यक्रम छ । मन्दिर २७ एकड क्षेत्रफलमा बनेको छ ।

यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले लीजमा दिएको जग्गामा मन्दिर बनेको छ । चुनावी वर्ष २०२४ मा यूएईमा मन्दिर उद्घाटन हुनुलाई महत्त्वपूर्ण कार्यक्रम मानिएको छ ।

प्रधानमन्त्री मोदी प्रधानमन्त्री बनेपछि सातौंपटक यूएई पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी १६ अगस्त २०१५ का दिन पहिलोपटक यूएई गएका थिए ।

मन्दिर उद्घाटनको यात्राका क्रममा प्रधानमन्त्री मोदी र यूएईका राष्ट्रपतिबीच द्विपक्षीय बैठक हुनेछ । पछिल्ला वर्षमा दुवै देशबीच रणनीतिक र आर्थिक साझेदारी बढेको छ । मंगलबारै मोदीले करीब ६० हजार प्रवासी भारतीयलाई सम्बोधन गर्ने कार्यक्रम छ ।