सशस्त्रले बरामद गर्यो ठुलोमात्रामा लागुऔषध

सशस्त्रले बरामद गर्यो ठुलोमात्रामा लागुऔषध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी– सशस्त्र प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीकाअनुसार सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ६ बाट विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

 

 

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ८ बस्ने २४ वर्षिय राकेश कुमार साह रहेका छन् । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले शाहको साथबाट नुफ्रिन ७९ वटा, डाईजिल्याव ७९ वटा, फेनारगन ७९ वटा र तीन सयवटा नाइट्रोभेट ट्याब्लेटसहित समेत बरामद गरेको छ ।

 

 

एपीएफको टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका शाहको साथमा लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।  एपीएफ टोलीले साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।