सभापति देउवाको प्रस्ताव : संविधानका समस्या पहिचान भए, अब संशोधनबारे छलफल गर्नुपर्छ

सभापति देउवाको प्रस्ताव : संविधानका समस्या पहिचान भए, अब संशोधनबारे छलफल गर्नुपर्छ


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनबारे छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले शासकीय स्वरूपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘संविधान जारी भएको ८ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनका क्रममा देखापरेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान भएको छ । संविधान गतिशील दस्तावेज र यसको दीर्घजीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक छ । संविधानले व्यवस्था गरेको शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नुपर्छ ।’

कांग्रेसका कतिपय नेताहरूले हिन्दूराष्ट्र नेपाल स्थापनाका लागि संविधान संशोधन गर्नुपर्ने माग गरिरहेका बेला सभापति देउवाबाट पनि संविधान संशोधनको प्रस्ताव आएको छ ।