काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा प्रस्तुत गरेको सांगठनिक प्रस्तावमा भविष्यमा हुने कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।
महासमिति बैठकमा पेश गरिएको प्रतिवेदनमा अहिले चलिरहेको सत्ता गठबन्धनसँग पनि मिलेर निर्वाचनमा नजाने स्पष्ट उल्लेख गरिएको छ ।
महामन्त्री थापाको प्रतिवेदनमा उल्लेख छ, ‘पार्टीका सदस्यहरू शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ – हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै निर्वाचन लड्ने छौं । हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’
महामन्त्री थापाको प्रस्तावप्रति सभापति शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका थिए । देउवाले प्रस्ताव संशोधन गर्न निर्देशन दिए पनि महामन्त्री थापाले गठबन्धन नगर्ने प्रस्ताव नै पेश गरेका छन् ।
प्रतिक्रिया