काठमाण्डु- आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दश ओभरमा तीन विकेट गुमाएकाे छ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख ३४ र कुशल मल्ल १२ रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ६.६० रहेको छ ।
पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको नेपाल ४३-३ को अवस्थामा पुगेको छ। देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् भने कुशल भुर्तेलले १८ रन बनाए।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले गतिलो सुरुवात गरेपनि सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले २ विकेट लिएर नेपाललाई दबाबमा ल्याएका थिए।
प्रतिक्रिया