काठमाण्डु – नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका ४ प्रस्ताव पारित भएका छन् ।
आज बिहीबार अपराह्नमा महासमितिको बैठकले ४ वटा प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखासमिति संयोजक श्याम घिमिरेले पार्टीको आर्थिक प्रतिवेदन सम्बन्धी प्रस्ताव राखेका थिए ।
महासमिति बैठकमा निर्णयार्थ पेश भएका ४ वटै प्रस्तावलाई हलमा सहभागी महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका छन् ।
प्रतिक्रिया