काठमाण्डु – अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका छन् ।
लघुवित्त र मिटरव्याज पीडितहरूले संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई राष्ट्र बैंकमार्फत् नियमन गरिने भएकाले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताए ।
लघुवित्तको दुरुपयोग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइने र ऋण लिएकाहरूले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा उनले राखे । संसद्भित्र र संसद बाहिर पनि लघुवित्त पीडितको मागप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्री महतले त्यसको समाधान गर्ने विकल्पमा सरकार गम्भीर रहेको जानकारी दिए ।
हिजोका दिनमा सहकारी र लघुवित्तमा अथाह ऋण प्रवाह गरेको र कोभिडका कारण ऋणीहरू थप समस्यामा परेका उनले बताए ।
प्रतिक्रिया