काठमाण्डु- टी-२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २०७ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले ४ विकेटको क्षतिमा २०६ रन बनाएको हो।
नामिबियाका लागि जान निकोल लफ्टी ईटनले शतकीय पारी खेले। उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन्। यससँगै उनले ३४ बलमा कुशल मल्लले बनाएको कीर्तिमान तोडे। लफ्टी ईटनले ३६ बलमा १०१ रन बनाए। मलान क्रुगरले भने ५९ रनमा अविजित रहे।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १-१ विकेट लिए।
प्रतिक्रिया