नेप्से परिसूचक झिनो अंकले घट्यो

नेप्से परिसूचक झिनो अंकले घट्यो


काठमाण्डु – शेयर बजार नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

आज बुधबार ०.८७ अंकले घटेको शेयर बजार २०००.७७ विन्दुमा झरेको छ ।

बुधबार ३०८ कम्पनीको ८१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ७१ कम्पनीको शेयर मूल्य बढ्दा १७० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको स्थिर रहेको छ ।