प्रि-ओपनमा नेप्से झिनो अंकले उकालो लाग्यो

प्रि-ओपनमा नेप्से झिनो अंकले उकालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । बिहीबार प्रि-ओपन सेसनमा ०.२४ अंकले वृद्धि भएको नेप्से परिसूचक २००१.०२ विन्दुमा पुगेको छ ।

यस सेसनमा २५ कम्पनीको ५०४ कित्ता सेयर किनबेच हुँदा ३ लाख ९३ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा १६ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।