सडकमा दूध पोखेर किसान आन्दोलनमा उत्रिए

सडकमा दूध पोखेर किसान आन्दोलनमा उत्रिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- दूधको भुक्तानी नपाएको भन्दै नवलपरासी पूर्वका किसानहरूले दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन् । बिहीबार उनीहरूले कावासोतीमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै सडकमै दूध खन्याएर सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

किसानहरूले ’मिल्क होलिडे’ बन्द हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् । प्रदर्शनका कारण राजमार्गमा यातायातका साधनहरू रोकिएका छन् ।

पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुँदै आएको छ । सरकारले दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । पछिल्लो समय निजी तथा सरकारी स्वामित्वका डेरीहरूले किसानको बक्यौता रकम पनि नदिने र किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा किसानहरू दुध फाल्न बाध्य भएका हुन् ।