काठमाण्डु – शेयर बजारमा नेप्से परिसूचक आज बिहीबार २८.६८ अंकले घटेको छ ।
बिहीबार १.४३ प्रतिशत घटेर नेप्से परिसूचक १९७२ अंकमा झरेको छ ।
आज कूल २ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएको थियो । बुधबार कूल २२० कम्पनीको शेयर मूल्य घट्दा १७ कम्पनीको बढेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बिहीबार सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.२१ प्रतिशत घटेको छ । बैंकिङ ०.८८, विकास बैंक १.६४, होटल तथा पर्यटन २.२७, हाइड्रोपावर २.६२, लगानी १.५३, जीवन बीमा १.३२, माइक्रो फाइनान्स १.२८, अन्य १.४६, उत्पादन ०.४६, निर्जीवन बीमा ०.७० र व्यापार समूह २.५१ प्रतिशत घटेको छ ।
प्रतिक्रिया