राष्ट्रिय प्रणालीमा जोडियो मिदिमखोलाको बिजुली

राष्ट्रिय प्रणालीमा जोडियो मिदिमखोलाको बिजुली


काठमाडौं– मिदिमखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ।

 

हाल उत्पादन भइरहेको ८ सय किलोवाट विजुली प्रशारण लाइनमा जोडिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

 

माघ १५ देखि व्यवसायिक रुपमा उत्पादन सुरु भएको आयोजनाको क्षमता ३ मेगावाट हो। तर, सुख्खायामका कारण हाल ७ सय किलोवाट मात्र उत्पादन भइरहेको प्रवत्तmा अधिकारीले बताए ।

 

युनियन हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको थियो।

 

सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पीपीए सम्झौता भएको हो।

 

लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध निर्माण गरी १ किलोमिटर मिटर लामो भूमिगत सुरुङबाट करापु–९ पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिएको छ ।