राष्ट्रपति पौडेलबाट नवनियुक्त ३ मन्त्रीले लिए शपथ

राष्ट्रपति पौडेलबाट नवनियुक्त ३ मन्त्रीले लिए शपथ


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त ३ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सोमबार साँझ शितलनिवासमा विना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालको शपथ ग्रहण गरेका छन् ।

तामाङ माओवादी केन्द्र, गिरी नेकपा एमाले र अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री बनेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडेर नेकपा एमालेसँग गठबन्धन गरेपछि नयाँ मन्त्री नियुक्त भएका छन् ।