एमाले संसदीय दलमा महेशलाई प्रमुख सचेतक र सुनितालाई सचेतकको जिम्मेवारी

एमाले संसदीय दलमा महेशलाई प्रमुख सचेतक र सुनितालाई सचेतकको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक र सचेतकको जिम्मेवारी हेरफेर भएको छ ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनित गरेका छन् ।

प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । बर्तौला यसअघि सचेतक रहेका थिए ।