शेयर बजारमा पहिरो, नेप्से परिसूचक ७०.३१ अंकले घट्यो

शेयर बजारमा पहिरो, नेप्से परिसूचक ७०.३१ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक आज मंगलबार ७०.३१ अंक घटेको छ ।

हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज मंगलबार पहिरो गएको छ । नेप्से परिसूचक ७०.३१ अंक घटेर २००७.६९ विन्दुमा कायम भएको छ ।

हिजो नेप्से परिसूचक ११७.७० अंक अर्थात् ६ प्रतिशतले बढेकोमा मंगलबार लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको छ ।

आज ३०६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता ६९ हजार २०८ पटक शेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मंगलबारको कारोबारमा २१३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ३.२४ र फ्लोट इन्डेक्स ३.३७ प्रतिशतले घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य मंगलबार सबैभन्दा धेरै ८.७३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ र बोटलर्स नेपाल (तराई) को शेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको शेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ४१ करोड ९१ लाख २२ हजार ७३५ बराबरको ८ लाख ५० हजार ४६४ कित्ता शेयर किनबेच भएको जनाइएको छ ।