प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

आज मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ ।

बैठकको निर्णय सुनाउँदै उपसभापति धनराज गुरुङले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई जुन साथ दिएका थियौं, विश्वास गरेका थियौं, हामीले आजबाटै समर्थन फिर्ता लिने निर्णय गरेका छौं । अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौं ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका मन्त्रीलाई पदमुक्त गरेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरेपछि कांग्रेसले समर्थन फिर्ता लिएको छ ।