सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा भट्ट बन्ने निश्चित : १४ मध्ये १२ सांसदले गरे भट्टको पक्षमा हस्ताक्षर

सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा भट्ट बन्ने निश्चित : १४ मध्ये १२ सांसदले गरे भट्टको पक्षमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रमा सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई बनाउन लविङ सुरु भएको छ । माओवादी निकट स्रोतले दिएको जानकारीअनुसार डोटीबाट प्रदेशसभामा निर्वाचित भट्टलाई मुख्यमन्त्री बनाउन प्रदेश सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित पत्र नै बुझाउने तयारी गरेका छन् ।

 

 

 

उनिहरुले त्यसका लागी हस्ताक्षरसहितको पत्र नै तयार गरिसकेको स्रोतको दाबी छ ।

 

 

प्रदेश नम्बरमा सातमा माओवादी केन्द्रका १४ जना सांसद रहेका छन् । भट्टलाई १२ जना सांसदले दल नेता र मुख्यमन्त्री बनाउनुपर्ने भन्दै हस्ताक्षर गरेका छन् । उनको विपक्षमा भने मानबहादुर धामी र विरभान चौधरी मात्र छन् ।

 

 

सभासद भट्टलाई १२ जना सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीमा भट्टलाई बनाउन भन्दै प्रदेश सांसदहरु झपड बोहरा, अक्कल बहाहदुर रावल, प्रेमप्रकाश भट्ट,देवकी मल्ल,कुन्ती शाही, नन्दबहादुर साउद, मानबहादुर सुनार, महेशदत्त जोशी, निर्मला बडाल जोशी,विनिता चौधरी र शान्ती नेपालीले समर्थन गरेका छन् ।

 

उनिहरुले माओवादी केन्द्रको प्रदेश नम्बर ७ को प्रदेश कार्यालयको बैठकले मुख्यमन्त्री र संसदीय दलको नेतामा भट्टलाई पठाउने निर्णयको स्वागत समेत गरेका छन् । उनिहरुले प्रदेश पार्टीको निर्णयको समर्थन समेत गरेका छन् ।

 

 

 

प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी केन्द्रमा डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टलाई मुख्यमन्त्रीका रुपमा सर्वसम्मत सिफारीस गरेका थिए ।

 

 

 

उनको निर्णयको सिंगो पार्टीले समर्थन गरेपनि दुई जना सांसदले भने विरोध गरका थिए । सात नम्बरको मुख्यमन्त्रीमा विरमान चौधरी र मानबहादुर धामीले समेत दाबी गरेका थिए । दुबै जनाको पक्षमा भने कोही पनि सांसद छैनन् । मुख्यमन्त्रीमा भट्टलाई थारु सांसद विनिता चौधरीको समेत समर्थन छ ।