नेपाल प्रहरीमा ११ जना डिआईजीको सरुवा, प्रहरी प्रवक्ताको जिम्मेवारी सुवेदीलाई 

नेपाल प्रहरीमा ११ जना डिआईजीको सरुवा, प्रहरी प्रवक्ताको जिम्मेवारी सुवेदीलाई 


काठमाडौं– गृहमन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारीस मन्त्रालयले ११ जना डिआईजीको पदस्थापन गरेको हो । 

प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डिआइजी शैलेस थापा महानगरीय प्रहरी कार्यालय, अर्का डिआईजी निरज शाही, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), ठाकुर ज्ञवाली अख्तियार दुरुपयोग अनुसन्धान आयोग र दिनेश अमात्यलाई लागुऔषध ब्यूरोमा जिम्मेवारी दिइएको छ । 

त्यसैगरी  विशेष ब्यूरोमा कमल जिटी, एकेडेमीमा प्रध्युम्न कार्की, त्रिभुवन विमानस्थलमा शेरबहादुर बस्नेत, प्रदेश नम्बर २ मा हरि पाल, प्रदेश नम्बर ५ मा पिताम्बर अधिकारी, प्रबन्धमा नारायणसिंह खड्का र प्रहरी महानिरीक्षकको सचिवालयमा बिनोद शर्मा घिमिरेलाई जिम्मेवारी दिइएको छ ।  

त्यसैगरी नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ट उपरीक्षक (एसएसपी) उत्तम राज सुवेदीलाई दिइएको छ । सुवेदी नेपाल प्रहरीका क्षमतावान अधिकृतका रुपमा मानिन्छन् । उनि अपराध अनुसन्धानमा अव्वल अधिकारीका रुपमा चिनिन्छन् ।