स्वास्थ्य र शहरी मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालय तानिए

स्वास्थ्य र शहरी मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालय तानिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –प्रधानमन्त्री कार्यालयले दुई जना सचिवको सरुवा गरेको छ । संघीय समाजवादी फोरमले नेतृत्व गरेका स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरी र शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको हो ।

चौधरीको आर्थीक अनियमततामा संलग्नता देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाउन दबाव थियो । शहरीका सचिव शर्मा भने आर्थीक विवादमा नपरेका प्रशासक भएपनि निर्णय गर्न सक्ने क्षमता नहुंदा समस्या भएको बताईन्छ । उनिहरु दुवैलाई फोरम अध्यक्ष समेत रहेका स्वास्थ्यमन्त्री यादवको आग्रहमा सरुवा गरिएको हो ।

चौधरीको ठाउंमा स्वास्थ्य मन्त्रालयकै १२ औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेलले सचिवको जिम्मेवारी पाएका छन् । उता, शहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंहलाई ल्याइएको छ । नेपाल ट्रष्टको कार्यालयमा सचिव रहेका सिंह शहरी विकास विज्ञ मानिन्छन् ।

प्रधानमन्त्री कार्यालयमा तानिएका शर्मा र चौधरीलाई अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन् । उच्च स्रोतले दिएको जानकारीअनुसार उद्योग सचिव चन्द्र घिमिरेको समेत सरुवा गर्ने तयारी भएको बुझिएको छ ।