काठमाडौं – स्वतन्त्र मधेस अभियानका नाममा खुलेआम मुलुक टुक्र्याउने अभियानमा सक्रिय सिके राउतलाई चियापानमा निम्तो दिइएको विषयमा सरकार नेतृत्वकर्ता नेकपाभित्र असन्तुष्टि देखिएको छ ।
अधिकांश केन्द्रीय सदस्य र स्थायी समिति सदस्यले राउतलाई चियापानमा बोलाइएकामा विभिन्न माध्यममार्फत नेतृत्वसमक्ष असन्तुष्टि जाहेर गरेका छन् । नेकपाले दसैं, तिहार, नेपाल सम्वत र छठजस्ता मुख्य पर्वका अवसरमा शनिबार चियापान आयोजना गरेको छ ।
राजधानीको भृकुटीमण्डपमा आयोजित चियापानमा सरकारले नेत्रविक्रम चन्द र सिके राउतलाई पनि अतिथि बोलाएको छ । राउतलाई मुलुकको अखण्डताविरुद्ध गतिविधि गरिरहेको आरोपमा प्रहरीले बेला बेलामा पक्राउ गर्दै छाड्दै आएको छ ।
सरकार आफैंले मुलुक टुक्र्याउने गतिविधिमा लागेको आरोपमा पक्राउ गर्ने अनि उनैलाई पार्टीको चियापानमा निम्ता दिनु आपत्तिजनक भएको एक नेताले काठमाडौंपाटीलाई बताए । महासचिव विष्णु पौडेल नेतृत्वको चियापान आयोजक कमिटीले राउतलाई औपचारिक पत्रै पठाएर चियापानमा निम्ता दिएको हो ।
प्रतिक्रिया