गृहमन्त्री लामिछानेको प्रस्टोक्ति : कृष्णबहादुर महरा बिरामी हुनुहुन्थ्यो, करुणा गरियो

गृहमन्त्री लामिछानेको प्रस्टोक्ति : कृष्णबहादुर महरा बिरामी हुनुहुन्थ्यो, करुणा गरियो


काठमाण्डु – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको प्रस्ट पारेका छन् ।

आज शनिबार काठमाण्डुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले महरालाई छाडिएको विषयलाई अतिरञ्जित गर्न नहुने बताए ।

उनी सुन तस्करी प्रकरणमा भैरहवाबाट पक्राउ परेका थिए । महराले दैनिक ८–१० वटा औषधि सेवन गरिरहेको बताउँदै गृहमन्त्री लामिछानेले भने, ‘अदालतले पनि बिरामी हुनुभएको बताएको छ । राज्य निर्मम हुन सक्छ तर करुणा भएन भने त्यो अन्याय हुन जान्छ ।’

अवस्था हेरेर मानवीय संवेदना र करुणाको प्रयोग हुनुपर्ने उनले बताए । सुन तस्करी प्रकरणमा दोषी जोसुकै भए पनि नछाड्ने उनले दाबी गरेका छन् ।