काठमाण्डु – शेयर बजार नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।
मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज बुधबार १०.८३ अंकले घटेर २ हजार ३०.८६ विन्दुमा झरेको छ ।
आज बुधबार ३१० कम्पनीका ४४ हजार २५९ पटकको कारोबारमा ६० लाख ४७ हजार २१ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५३४ रुपैयाँ छ ।
आज ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव १७ अंकले घटेर ३५९ दशमलव ४६ विन्दुमा पुगेको छ । हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको रहेको जनाइएको छ ।
प्रतिक्रिया