काठमाडौं–नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्यान्डी बेरीले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रम बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विहिवार आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
राजदूत बेरीले यसअघि पनि नेपालमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरिसकेका छन् । वेरी सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौंमा डेप्युटी चिफ अफ मिसनको पदमा कार्यरत थिए ।
सन् १९९३ मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनितिज्ञको भूमिका निर्वाह गरीसकेका छन् । उनले न्युजिल्याण्डमा कन्सुलेट जनरलको भूमिका पनि निभाईसकेका छन् ।
वेरी समलंगी अधिकारकर्मी समेत हुन् । उनी आफैं पुरुष समलिंगी समेत हुन । तत्कालीन राष्ट्रपति वाराक ओबामाले वेरीलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्रा्ष्ट्रिय दूतमा समेत नियुक्त गरेका थिए ।
प्रतिक्रिया